आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
२५ कार्तिक, २०७८काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो ।
सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गराउनेसमेत प्रस्ताव रहेको छ ।