
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा कार्तिक २२ गते सोमबार गर्ने भएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको १०३औं बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभामा गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिनेलगायतका एजेन्डाहरु साधारणसभामा पेश हुनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट १६ दशमलव ९० प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ८९ प्रतिशत नगद गरी कुल १७ दशमलव ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्तावित लाभांशसमेत पारित हुनेछ ।
साधारणसभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि कार्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ । त्यसकारण आज कार्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्र साधारणसभामा भाग लिन, लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । बोनश शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी ९ करोड ७५ लाख पुग्नेछ ।