काठमाडौं । नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महाप्रबन्धमा निरज बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैंठकको ०३ नं. को निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त भएको हो ।
पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा काम गरेको अनुभव छ । बस्नेत भने प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए ।
कम्पनीले साउन १२ र २२ गते रिक्त पदका लागि १५ दिने सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो । सोही १५ दिने सूचना प्रकाशित बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त
आर्थीकसंसार संवाददाता९ भदौ, २०७७
९ भदौ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह