News Portal

  • गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन रु. ५०० जित्ने मौका !

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७८
    १००४ पटक
    १५ कार्तिक, २०७८

    काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।
    फोनपेले लेराएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ सँग प्रेरित रही डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो ।
    यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक ५०० रुपैयाँ जित्नेछन् ।
    कार्तिक १५ देखि पौष १६ गतेसम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्