काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
गत कार्तिक १२ बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । १७.५७५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।
मुक्तिनाथ बैंकले सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिने
आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
१४ कार्तिक, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?