News Portal

  • बागमतीमा मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    १४६७ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
    प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
    पाण्डे एमालेबाट धादिङ क्षेत्र १ (क) बाट प्रदेशसभा सांसदमा विजयी बनेका हुन् । पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।
    एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वान बमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।
    मुख्यमन्त्री पाण्डेले आजै तीन जना मन्त्री पनि नियुक्त गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । सरकारमा नवनियुक्त तीनै जना मन्त्रीले आजै प्रदेशप्रमुख शर्मामार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    प्रतिकृया दिनुहोस्