काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओको बाँडफाँड भोलि कार्तिक १२ गते शुक्रबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि बिहान ९ बजे नक्सालमा रहेको आफ्नो कार्यालयमा आईपीओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरको ९० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । जसमा कम्पनीले माग गरेकाभन्दा बढी नै आवेदन परेको क्यापिटलले जनाएको छ ।
असोज २० गतेदेखि असोज २५ गतेसम्म निष्कशन तथा बिक्री खुला भएको उक्त आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए । असोज २५ गते (अन्तिम दिन) साँझ साढे ६ बजेसम्ममा उनीहरुले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । यससँगै मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गर्नेछ । यो अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार जनाले १० कित्ताको दरले कम्पनीको सेयर पाउने र बाँकीको हात खाली हुने देखिन्छ ।
भोलि मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुने
आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
११ कार्तिक, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो