News Portal

  • नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिबीच आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउनेसम्बन्धी सहकार्य

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    १२७१ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता (Apple Authorised Reseller) इभोलुसन ट्रेडिङ प्रा.लि. (Evo Store) को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो (२०७८ कार्तिक १० गते) हस्ताक्षर गर्नुभयो ।
    उल्लेखित सम्झौताअनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ ।
    नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने iPhone 13 (आइफोन १३) मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ । उक्त iPhone 13 (आइफोन १३) मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर (Evo Store) मार्फत निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ । Apple को नयाँ भर्सन iPhone 13 (आइफोन १३) प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्