News Portal

  • ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्गस बचत खातामामा ५.७५ प्रतिशत ब्याज पाइने

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
    १४२७ पटक
    ८ कार्तिक, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्गस बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
    बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।
    साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्गस खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइनमार्फत पनि खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन सक्नेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्