काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन ६ महिनापछि हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
महर्जन यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उक्त संस्थामा उनले तीन कार्यकाल बिताएका थिए ।
बीमकको संस्थागत सुशासनअनुसार थप कार्यकालको लागि प्रुडेन्सियलमा सीईओ बन्न नमिल्ने भएपछि यही असोजमा उनी बाहिरिएका थिए । उनी लो प्रोफाइलमा बसेर प्रोफेशनल रुपमा कम्पनी चलाउने सीईओको रुपमा परिचित छन् ।
संस्थागत सुशासनले कुनै पनि कम्पनीको सीईओले छोडेको ६ महिनासम्म अर्काे कम्पनीको सीईओ बन्न रोक लगाएकाले उनी नेपाल इन्स्योरेन्स कम्पनीका कामु सीईओको भूमिकामा प्रवेश गरेको जानकारहरुले बताएका छन् ।
कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । साथै उनलाई कामु सीईओको जिम्मेवारी पनि तोकिएको नेपाल इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।
वरिष्ठ डीसीईओ महर्जनले कात्तिक ७ गतेदेखि नै कार्यभार सम्हालेका छन् । उनलाई कम्पनीले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । ६ महिनापछि उनी सीईओमा नियुक्त हुने सम्बद्ध स्रोतले जानकारी दिए ।
कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले अवकास पाएपछि सो कम्पनीको कामु सीईओको भूमिकामा डेपुटी सीईओ ईश्वर पोखरेल कार्यरत थिए ।
नेपाल इन्स्योरेन्सको कामु सीईओमा बीरकृष्ण महर्जन नियुक्त
६ महिनापछि सीईओ बन्दै
आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७८
७ कार्तिक, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह