News Portal

  • मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७८
    ९२४ पटक
    ७ कार्तिक, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो ।
    यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा र मासिक ब्याज आर्जन हुने बैंकले जनाएको छ । यससँगै ग्राहकले १० हजार रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । र, यो बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
    साथै, पहिलो वर्षको लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाईल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ । यसबाट ग्राहकले ठूलो लाभ लिनसक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यो खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई फाइदा पुग्ने बैंकको विश्वास छ ।
    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्