आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७८
४ कार्तिक, २०७८काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ देवयानी इन्टरनेशनल (नेपाल)सँग सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रालिको नायब महाप्रबन्धक (वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात बैंकका ग्राहकले केएफसी र पिजा हटमामा खाना र बेबरेजको खरिदमा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकले केएफसी र पिजा हटको उपत्यकाभित्र र बाहिरको १७ वटा शाखाहरुबाट नै यस छुट लिन सक्नेछन् ।