News Portal

  • रिलायन्स लाइफको रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७८
    ७९१ पटक
    १ कार्तिक, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।
    उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान गर्न कम्पनीको भनाई छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने जानकारी कम्पनीले दिएको छ ।
    १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।
    यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजनासँगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्