काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिषदमा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी अर्थमा जनार्दन शर्मा, रक्षामा मिनेन्द्रप्रसाद रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेमबहादुर आलेले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका छन् ।
राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ?
आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
२२ असोज, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?