काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ । आइएमएससँग सम्झौता गरी बैंकले दशैं, तिहार, नेपाल संवत तथा छठ पर्व अवसरमा शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको हो ।
पर्वको वहार, बीओकेको उपहार नारासहित ल्याइएको योजनामा बैंकका क्रेडिट कार्डबाहकले सामसुङ ब्रान्डका स्मार्ट फोन, स्मार्ट वाच र ट्याबलेटस् बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।
योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिन अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । सरल किस्ताबन्दी योजनामा ग्राहकले शुन्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवाशुल्क नलाग्नेलगायत सुविधा पाउने सक्ने बैंकले बताएको छ ।
हाल आईएमएस नेपाल प्रालिका काठमाडौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक सोरुम छन् । त्यसैगरी बैंकले हाल ९० शाखा, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
बैंक अफ काठमाण्डू र आइएमएसबीच सम्झौता
आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
२२ असोज, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन