
काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यस महा छुट अफरअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्राहकले एलजी, सिजी, गोदरेज टिसीएल, सेनसाइ, केन्ट, एलिका एण्ड बल्याक डेकरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सयसम्मको क्यासब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि सिजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी बैंकले सम्झौता गरेको छ । बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सिजी तथा एलजी शोरुमबाट सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् । यसको लागि ग्राहकले सिजी डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।