News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    २०५७ पटक
    १९ असोज, २०७८

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ नाघ्ने छ ।
    प्रस्तावित १३.०६ लाभांश अघिल्लो आवको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्