News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेक अप स्टुडियोमा छुट

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    ८२० पटक
    १८ असोज, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरमा छुट पाउने भएका छन् । सोमबार बैंक र स्टुडियोबीच ग्राहकहरुलाई विभिन्न छुट दिने विषयमा सम्झौता भएको हो ।
    यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डबाहक ग्राहक एवं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्