काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु बीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडकनारायण उडाउले सञ्चालन गर्नुभएको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भयो । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरियो ।
त्यसैगरी आजै धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग– महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तमसिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन नायव अधिकृत नरेशबहादुर सिंहले गरेका थिए ।
विराटनगर र धनगढीमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१५ असोज, २०७८
१५ असोज, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न