आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
१४ असोज, २०७८काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले सोही अवार्ड गत वर्ष पनि पाएको थियो ।
एशियाली विकास बैंकको टिएससिइफईद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ ।
एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामको घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा टिएससिएफपीसँग सबैभन्दा बढी कारोबार गरेको रेकर्ड राखेको थियो ।
सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ ।