काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंकको अगुवाइमा तीनवटा बैंकले लगानी गर्ने भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एनसीसी बैंकले करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।
प्रवद्र्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । २० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निर्माण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।
कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्षायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।
पहिले यो आयोजना इपिसिएफ .(इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।
सनराइज बैंकको अगुवाइमा दुईवटा बैंकले लाङटाङ खोलामा ३ अर्ब लगानी गर्ने
आर्थीकसंसार संवाददाता१३ असोज, २०७८
१३ असोज, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?