
काठमाडौं । नबिल बैंक, नेपाल उद्योग परिसंघ र वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि आयोजना गरेको नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताकै लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा सिएनआइ–वूमन लिडरसिप फोरम संयोजक छाँया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत उपस्थित हुनुभएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिति थियो ।
फोरम संयोजक छाँया शर्मा वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिएकी थिइन् ।
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताएका थिए ।
कार्यक्रमको समापन गर्दै नबिल बैंकको सञ्चालकसमेत रहेकी सिएनआइ–वूमन लिडरसिप फोरमकी सदस्य आशा राणा अधिकारीले सो कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताए ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । संयुक्त राष्ट्र संघकै दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।