News Portal

  • उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

    आर्थीकसंसार संवाददाता११ पुस, २०७९
    ५२५ पटक
    ११ पुस, २०७९

    काठमाडाैं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहणमै बोल्ड निर्णय लिनुभएको छ । पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने पहिलो निर्णय पौडेलले गर्नुभएको हो ।
    पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताउनु भयो । विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार गर्ने पनि पौडेलले बताउनु भएको छ ।
    यस्तै खस्कँदो आर्थिक अवस्था किन आयो भन्ने बिषयमा संघन पहिचान गरी समाधानको बाटो खोज्ने जानकारी पनि उहाँले दिनुभयो । मन्त्री पौडेलले समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने जानकारीसमेत दिनुभएको छ ।
    को हुन् अर्थमन्त्री विष्णु पौडेल ?

    नवनियुक्त अर्थमन्त्री २०१६ सालमा स्याङ्जामा जन्म भएकाे हाे । हाल नेकपा एमालेका उपाध्यक्ष महासचिव पाैडेल तेस्राे पटक अर्थमन्त्रीकाे पदभार समाल्न पुगेका हुन् ।
    ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए । उनी ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए ।
    संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए । र फेरी ०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भए ।
    यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए । त्यसपछि पुन: काेराेनाकाे बेला उनी अर्थमन्त्री भएका थिए ।

    प्रतिकृया दिनुहोस्