News Portal

  • ५ कम्पनीको ३२ करोडको सेयर बेच्दै एनआईसी एशिया बैंक

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०८१
    १७ पटक
    ३ चैत्र, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ५ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जीवन विकास लघुवित्तको सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

    बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २६९ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १५९ रुपैयाँ, निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ ।

    सो मूल्यका आधारमा बैंकले लगानी कोषको ३ करोड ४८ लाख रुपैयाँ, सूर्याेदय वोमीको १ करोड ५८ लाख ८७ हजार १४० रुपैयाँ, सूर्यज्योतिको ७९ लाख ५० हजार रुपैयाँ, निफ्राको १० करोड ५० लाख रुपैयाँ र जीवन विकासको १५ करोड ५४ लाख ३४ हजार ६८० रुपैयाँ गरी कुल ३१ करोड ९० लाख ७१ हजार रुपैयाँको सेयर बिक्री गर्न लागेको हो ।

    सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

    उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म बोलपत्र आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्