

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशको मेची क्षेत्रमा कार्यरत अभिकर्ताहरुलाई हिमालयन राइजिङ अवार्ड अन्तर्गतको सम्मान समर्पण गरेको हो ।
आवधिक उपलब्धिका आधारमा अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । शनिबार बिर्तामोडको सिटी सेन्टरमा सम्पन्न कार्यक्रममा असी जना अभिकर्ताहरुलाई सम्मान गरिएको प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नवीन) ले बताए ।
अभिकर्ताहरुलाई तहगत उपलब्धिका आधारमा फरक- फरक मायाको चिनो उपलब्ध गराइएको बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले बताए ।
कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले उत्प्रेरणामुलक प्रशिक्षण सञ्चालन गरेका थिए ।
अभिकर्ताहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको दमक शाखा प्रमुख चन्द्रकला घिमिरेले बताइन् । कार्यक्रममा ११० जनाको सहभागी रहेको थियो ।