

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ४७ करोड ८ लाख रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्मा रटेन्ड अर्निङमा १ अर्ब ४२ करोड रुपैयाँ थियो । महाविपत्ती कोषमा ४३ करोड ४८ लाख रहेको थियो ।
कम्पनीले तेस्रो त्रैमाससम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ८ दशलमव ४९ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ दशमलव ३३ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड २४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९९ करोड ८१ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ०७ पैसा रहेको छ। पीई रेसियो ६१.५१ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव ८६ रहेको छ ।