News Portal

  • हिमालयन बैंकले सुनसरी, मोरङ, झापाका २९ ठाउँमा घरजग्गा बेच्दै

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०८२
    ६ पटक
    १३ जेठ, २०८२

    काठमाडौं । हिमालयन बैंकले गैर बैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति घरजग्गा लिलाम बिक्रीमा राखेको हो ।

    बैंकले सुनसरी, मोरङ, झापाका विभिन्न ठाउँमा रहेको २९ वटा घरजग्गा बिक्रीमा राखेको हो । गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बैंकले जनाएको छ ।

    उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र कम्पनीले जेठ २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै, साथ आफूले कवोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्नेछ ।

    ईनरुवा, रोडशेष चोक, विराटचोक, विराटनगर शाखा, विर्तामोड, दमक १ र २ शाखा, झापा भद्रपुर शाखा, धरान २ शाखा र बैंकको अन्य सम्पूर्ण शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । तर, बोलपत्र भने केन्द्रीय कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्