आर्थीकसंसार संवाददाता१७ जेठ, २०८१

काठमाडौं । हिमालयन बैंकको साढे १५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।
हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।