News Portal

  • हवाई इन्धन र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूचि

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०८१
    १२ पटक
    १८ चैत्र, २०८१

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको छ ।

    यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । यस्तै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

    निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।

    सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्