आर्थीकसंसार संवाददाता३ भदौ, २०७९

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी भदौ १२ गते बुक क्लोज गर्न लागेको हो ।
यससँगै भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी साढे ६५ करोड रुपैयाँ नाघ्ने छ ।
साथै, कम्पनीले सेयर किनेका ब्रोकरलाई सेयरधनीको सेयर सीएम पुल एकाउन्टमा नराखि सिधै डिम्याट खातामा ट्रान्स्फर गरिदिन समेत आग्रह गरेको छ ।