News Portal

  • स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा कार्यालय सञ्चालन

    आर्थीकसंसार संवाददाता३१ बैशाख, २०८२
    १३ पटक
    ३१ बैशाख, २०८२

    काठमाडौं । गरिमा विकास बैंकले बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

    विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे ।

    त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँडले संयुक्त रूपमा गरे ।

    समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायीक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

    हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मेसिनमार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्