News Portal

  • सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०८१
    ९ पटक
    १३ चैत्र, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब सलिको इन्स्योरेन्सले गर्नेछ ।

    सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका हुन् । यस अवसरमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु र शाखा प्रमुख हेमन्त लामिछाने लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

    सम्झौताले सेती महाकाली ट्रक यातायात व्यवसायी संघका सवारी साधनहरूको बीमा प्रक्रियालाई थप सरल, सहज र शीघ्र बनाउने वाचा गरेको छ । भविष्यमा कुनै दाबी परेमा, बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया सरल बनाउनेछ ।

    प्रतिकृया दिनुहोस्