आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय बीमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, सञ्चालक समिति, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण देशवासीमा आभार प्रकट गरेको छ । साथै कम्पनीले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सरल, मर्यादित तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।