News Portal

  • सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमाले निर्णय

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७९
    ४४४ पटक
    १३ फागुन, २०७९

    नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
    शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
    एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्व सभामुख पनि हुन्।
    २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइवटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए।
    २०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबैभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्। एमालेसचिव योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्