News Portal

  • सिवाइसी लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    ८९० पटक
    २ पुष, २०७८

    काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले बडिगाड गाउपालिका–५ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा वित्तीय साक्षरता तालिम तथा वडा स्तरीय सञ्जाल बैठक सम्पन्न गरेको छ ।
    कार्यक्रममा बडिगाड गाउपालिका–५ अन्तर्गत केन्द्र नम्बर ६१ का केन्द्र प्रमुख क्याप्टेन, जेष्ठ नागरिक चन्द्रबहादुर थापाले संस्थाले बिभिन्न समयमा बिभिन्न तालिमहरुको माध्यमबाट सदस्यहरुलाई सक्रिय गराएको र साहुको चर्को ब्याजदरमा परेका र व्यक्तिले ऋण नपत्याउने सदस्यहरुलाई सहुलियत भएको कुरा बताए ।
    त्यस्तै, कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा उद्यमी सदस्य ओमा घिमिरे, उत्कृष्ट बाल बचतकर्ताको रुपमा केन्द्र नम्बर ७४ की उद्यमी सदस्य मन्जु आचार्य, उत्कृष्ट पेवा बचतकर्ताको रुपमा केन्द्र नं ७४ कै सदस्य साबित्रा कुमारी आचार्य र सदस्य थपमा सहयोग पुर्याउने केन्द्र नम्बर ३३ की सदस्य कमला थापालाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्