News Portal

  • सिभिल बैंकको १२ औं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर र हिमालयनमा गाभिने प्रस्ताव पास

    आर्थीकसंसार संवाददाता२८ पुस, २०७९
    ५०७ पटक
    २८ पुस, २०७९

    काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।


    साथै सभाले आ.व. २०७९/८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
    बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेर माघ भित्रै हिमालयन बैंकमा गाभिने बताए । करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएमबाट सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्