आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८२

काठमाडौं । सिद्धार्थ बैंकको ३ लाख ९१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।