News Portal

  • सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनःनिर्माण सुरु

    आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८२
    १३ पटक
    १७ बैशाख, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका- १ रुकुमपश्चिमस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनःनिर्माणको शिलान्यास गरेको छ ।
    २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईवटा भवनमध्ये एक भवनको पुनःनिर्माण कार्य बैंकको सहयोगले बन्न लागेको हो । कुल १७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन  सञ्चालन भइरहेको छ ।

    शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोही गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

    आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन् त्यसैले उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्त्वपूर्ण पाइला हो ।

    दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैंक यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आइरहेको छ ।

    बैंकले दिगो विकास लक्ष्यलाई संधै आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्