आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८१

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।