News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्मको छुट

    आर्थीकसंसार संवाददाता२८ असार, २०७९
    ८०८ पटक
    २८ असार, २०७९

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबल कार प्रा। लि। मा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरी केबल कारको टिकट खरिद बापत १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्