News Portal

  • सिद्धार्थ प्रिमियरले फागुन १५ गते डाक्यो सेयरधनी भेला, ३०% लाभांश वितरण गर्ने

    आर्थीकसंसार संवाददाता२४ माघ, २०८१
    ३३ पटक
    २४ माघ, २०८१

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले फागुन १५ गते काठमाडौंमा बिहान साढे १० बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो ।

    कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको ३० प्रतिशतका दरले नगद लाभांश ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ (कर प्रयोजनार्थ सहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते एक दिनका लागि बकुक्लोज गर्ने भएको छ । त्यसैले फागुन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्