आर्थीकसंसार संवाददाता१९ फागुन, २०८०

काठमाडौं । सिड इनर्जीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।
काठमाडौंमा आज आयोजित एक कार्यक्रम धितोप बिक्री प्रबन्धक नियुक्तिसम्बनधी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सिड इनर्जीले १५ करोड रुपैयाँ बढीको आइपीओ सर्वसाधारणलाई ल्याउने छ।