
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित सारंग हेल्थ केयरबीच विशेष छुट सुविधा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य अन्तर्गत सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरमा उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकले यस्तो सहकार्यलाई डिजिटल कारोबार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएको छ । बैंकका अनुसार सहकार्यबाट ग्राहकलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन हुने तथा सेवा उपयोगमा अतिरिक्त सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले समय–समयमा ग्राहक हितमा विभिन्न किसिमका छुट योजना तथा सहकार्य गर्दै आएको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड भुक्तानी लगायतका माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन दिनेगरी सेवा विस्तार गरिरहेको जनाएको छ ।
ग्राहकमैत्री योजनाहरू मार्फत बैंकले ग्राहक अनुभवमा सुधार ल्याउन खोजिरहेको छ भने सारंग हेल्थ केयरसँगको सहकार्य स्वास्थ्य सेवाको पहुँचलाई अझ सहज बनाउने प्रयासस्वरूप लिइएको बैंकले उल्लेख गरेको छ ।