
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं ठमेलस्थित क्लब १० एक्सबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यअन्तर्गत बैंकका ग्राहकहरूले क्लब १० एक्समा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरू क्लब १० एक्समा सेवा लिँदा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस्तो सहकार्य ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यम प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले अघि बढाएको हो । बैंकका अनुसार यस किसिमका योजनाले ग्राहकहरूलाई प्रत्यक्ष लाभ दिने र डिजिटल कारोबार संस्कृतिको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्न विभिन्न ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले यस्ता छुट तथा सहकार्यसम्बन्धी विस्तृत विवरणहरू आफ्नै वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।