
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले गोल्डेन हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकले यस किसिमको सहकार्यबाट ग्राहकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ । साथै, नगद कारोबारलाई घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो सहकार्य उपयोगी हुने बैंकको भनाइ छ ।
सिटिजन्स बैंकले समय–समयमा ग्राहकलाई लक्षित गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट र सुविधाहरू दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
बैंकले डिजिटल बैंकिङ सेवा विस्तारमार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा सहज पहुँचको वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ ।