

काठमाडौं । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक बिक्रेता रहेको आइएमएस नेपालबीच यस्तो सम्झौता भएको हो ।
सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफानहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि–बुकिङ्ग गर्न सक्नेछन् । ग्राहकहरुले यस प्रि–बुकिङ्ममा आकर्षक उपहारहरु पनि प्राप्त गर्नेछन् ।
भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि–बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजस्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेको आधिकारीका आउटलेटबाट गर्न सकिनेछ ।
बैंकका ग्राहकले सानिमाको क्रेडिट कार्डको लागि यस लिंकमार्फत आवेदन दिन सक्नेछन् । सानिमा बैंकको देशको सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम सञ्चालनमा रहेको छन् ।