News Portal

  • सानिमा बैंकका ग्राहकलाई भारतको एपोलो अस्पतालमा छुट, स्वास्थ्य उपचारमा सहजीकरण

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०८१
    ७ पटक
    २२ चैत्र, २०८१

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरूलाई भारतको प्रतिष्ठित एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ ।

     

     

    यस सम्झौताअन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद, र कोलकातामा रहेका एपोलो अस्पतालहरूसहित चेन्नईस्थित एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादस्थित एपोलो हेल्थ सिटी, नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पताल, र चेन्नईस्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपलब्ध हुनेछ ।

     

     

    यस छुट योजनाबाट लाभ उठाउन, ग्राहकहरूले अस्पताल जानु अघि सानिमा बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनुपर्नेछ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउन तथा अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरूमा उपचारको पहुँच वृद्धि गर्न यो सहकार्य गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्