आर्थीकसंसार संवाददाता१३ फागुन, २०८१

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स करिब ९६ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको ९५ हजार ९२८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।