News Portal

  • सलिकोले आगामी वर्षदेखि एनएफआरएस-१७ लागू गर्ने, इच्छुक कम्पनीलाई आह्वान

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०८१
    ९ पटक
    १३ चैत्र, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल वित्तीय प्रतिवेदन मान (नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड-१७ (एनएफआरएस-१७) लागू गर्ने भएको छ । सलिकोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ लागू गर्ने भएको हो ।

    कम्पनीले आगामी आर्थिक वर्षका लागि एनएफआरएस-१७ सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने भएकाले त्यस सम्बन्धी कार्य गर्ने स्वदेशी तथा विदेशी कम्पनीलका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ । इच्छुक स्वदेशी तथा विदेशी फर्म, कम्पनी, संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    कम्पनीका अनुसार कम्तीमा ५ वर्षको अनुभव सहितको कम्पनी तथा फर्मको प्रोफाईल र समय तालिका तथा लागत विवरण, विदेशी संस्थाको हकमा स्वदेशी कम्पनी तथा फर्मसँग कार्य समन्वयको सम्झौता पत्र, कम्पनी तथा फर्म दर्ता प्रमाणपत्र, प्यान तथा भ्याट प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

    यस्तै, विगत ३ आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, विगत ३ वर्षको वार्षिक प्रतिवेदन (आर्थिक विवरण) र फर्म वा कम्पनी कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ ।

    प्राप्त बोलपत्रहरु चैत्र २८ गते २ बजे कम्पनीको खरिद समितिको उपस्थितीमा खोलिने छन् भने खरिद समितिले अध्ययन गरी निर्णयमा गर्नेछ ।

    प्रतिकृया दिनुहोस्