आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा (लिम्बु) नियुक्त भएका छन् । बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सञ्चालक मनोज कुमार आचार्याले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई बैंक सञ्चालक समितिको जेठ १३ गते बसको बैठकले स्वीकृती गरेको हो ।